Shiva Shankar

Profile

सिर्जनामा रम्दारम्दै आफू बुढेउलीमा टेकेको समेत उहाँलाई पत्तो थिएन । ७२ वर्षे उमेरमा पनि निरन्तर गीत-संगीत साधनामा जुटिरहेका शिवशंकर मानन्धरको कलेजोमा क्यान्सर भएपछि २०६१ कात्तिक २९ गते ७२ वर्षको उमेरमा निधन भयो । उहाँका सिर्जना भने लोकप्रियताका साथ हामीमाझमै छन् ।

नेपाली चलचित्रका प्रथम नायक, दर्जनौ चलचित्र उहाँको स्वर र संगीतले सजिएका छन् । उहाँले सिर्जना गर्नुभएका सबैखाले गीतको संख्या ६ सय भन्दा बढि छ । १९८९ सालको फागुन १२ गते शिवरात्रि दिन उहाँको जन्म भएको हो । डमरु बजाउने शिवको आराधना गर्ने दिन म जन्मिएकाले नाम पनि शिवशङ्कर राखिएछ । उ बेला मान्नधर समाजको टोलटोलमा भजन मण्डली हुन्योजन । विभिन्न चाडपर्वमा परम्परागत गीत र भजन गाउँदै विभिन्न किसिमका बाजा बजाइन्यो्ो । त्यसमा पनि उहाँको बुबा भजन मण्डलीमा नाइके । बुबा पुराना बाजाहरू बजाउन र भजन गाउन सिपालु भएकाले घरमै थुप्रै बाजा थिए । बाबुको पछि लागेर उमेर कलिलै भएपनि भजनको रसमा डुब्न शिवशंकर पनि कहाँ चुक्नुहुन्थयो र साँच्चिकै कलायात्राको उद्गम बिन्दु नै त्यहि उमेर थियो । तीन-चार वर्षकै उमेरमा विभिन्न तालमा मादल बजाउन खप्पिस भइसक्नुभएको थियो उहाँ ।

नेवारी समाजमा एउटा चलन-केटीहरूलाई गुफा राख्ने, लोग्नेमान्छेले हेर्न नहुने । तर पनि शिवशंकरलाई चाहिर्ँ सङ्गीत र गायनमा सिपालु केटो भएकोले गुफा बसेमा केटीहरूसँग नाचगान गर्न लगिन्यो ह । उहाँ पढाइलाई भन्दा पनि सङ्गीतलाई बढी महत्व दिनुहुन्योले र पनि पढाइमा पनि उत्तिकै तेजिलो हुनुहुन्योभन । शिवशंकरले सरस्वती सदनमा नेपालीमा मध्यमासम्मको अध्ययन गर्नुभएको थियो ।

सानोमा सिनेमा हेर्ने भनेपछि उहाँ हुरुक्कै हुनुहुन्यो । त्यो बेला हनुमानढोकामा राहदानी लेख्न काम गर्नुहुन्योसि अनि पारिश्रमिक पाएको मोहोर, सुका लिएर सिनेमा हेर्न जनसेवा हलतिर लाग्नुहुन्योकर । पहिलो पल्ट हेरेको 'रामविवाह' र धेरैपल्ट हेरेको 'शवनम' चलचित्रका दृश्यहरू जीवनको अन्तिम क्षणसम्म पनि उहाँको स्मृतिमा नाचिरहेका थिए । कहिलेकाहीँ सिनेमा हेर्न धेरै गयो भनेर आमाले गाली गनुहुन्योयो रे
उहाँ छ वर्षको बुबा बित्नुभएको थियो । जीवन धान्न परिवारले कपडा बुन्ने पेशा अगाँलेको थियो । भद्रकाली रेकर्डिङ संस्था खुल्यो । त्यही संस्थाले पहिलोपल्ट उस्ताद बद्री, सेतुराम, मित्रसेन, मेलवादेवीजस्ता गायक-गायिकाको गीत रेकर्ड गरेको थियो । ती गीत ग्रामोफोनमा सुन्न सकिन्थे ।
रेडियो नेपाल खुल्नुअघिको बेला कला देखाउने ठाउँ भनेकै भजनमण्डली, चोक र डबलीहरू थिए । रेडियो नेपाल खुलेपछि शक्तिस्वरूप र उहाँ सल्लाह गरेर जानुभयो । रामलाल जोशी, हरिप्रसाद रिमाल, भैरवबहादुर थापालगायतका कलाकारहरूसँग चिनजान भयो । त्यो बेला रेकर्ड गर्ने प्रविधिको विकास भएको थिएन । गीत, सङ्गीतलगायत सबै कार्यक्रम प्रत्यक्ष प्रसारण गर्नुपथ्योेा । उहाँ आफै हार्मोनियम, तबलाजस्ता बाजा बजाउँदै गीत पनि गाउँनुहुन्यो ल । एकदिनमै पाँच-छ वटासम्म गीत गाएका पनि अनुभव छन् । २००७ सालदेखि २०४९ सालसम्म नै रेडियो नेपालमा उहाँ कार्यरत हुनुहुन्योको ।

०१७-१८ सालमा श्री ५ महेन्र्तको जन्मोत्सवका अवसरमा 'आमा' नामक नेपाली चलचित्र बनाउने तयारी भयो । यस कामका लागि देहरादूनबाट झिकाइएका हीरा सिंहलगायतका कलाकारले उहाँलाई नायकका लागि छनौट गरे । 'आमा'का लागि म.वी.वि. शाहद्वारा लिखित पाँचवटा गीत पनि उहाँले गाउनु भएको थियो । उहाँको भनाई थियो- 'श्रोताले मेरो गीत-सङ्गीत मन पराएको क्षण नै मेरो जीवनको सुखद क्षण हो ।' 'साहित्य र कलामा कोही पनि पूर्ण हुन सक्दैन । यी निरन्तर साधनाका विषय हुन् । हामी रियाज, परिश्रम र साधनामा लागिरहनुपर्छ । कला र संस्कृतिको संरक्षण गर्नुपर्छ । सारङ्गी, ढोल, मादल जस्ता संगीत साधनाको स्वरूपलाई पनि समयअनुसार सुधार्नुपर्छ ।'नयाँ पुस्तालाई शिवशंकरको सन्देश यस्तै थियो । जीवनको उत्तरार्धमा नेपाली चलचित्र खस्किदै गएको अनुभव गर्दा उहाँ निकै दुखित हुनुहुन्योधन । नेपाली चलचित्रले मौलिकता कुल्चिदै गएको पनि उहाँको पछिल्लो अनुभुति हो । ' यस्तो संस्कारले निरन्तरता पाउने भने नेपाली चलचित्रको अस्तित्व गुम्ने निश्चित छ' उहाँको भनाई थियो । गोरखा दक्षिणवाहु, महेन्र् रत्न आभूषण, त्रिशक्ति पट्ट, सुप्रसिद्ध वीरेन्र्ग प्रजातन्र भास्कर, नेपाल मोसन पिक्चर अवार्ड सहित थुप्रै पुरस्कार र सम्मान उहाँले पाउँनुभएको छ ।
-अनन्तप्रसाद वाग्ले
Random Selections

Dhiren Shakya

Dilip Rayamajhi

Dinesh Dc

Dinesh Sharma