झोला भिड्ने भो ओस्कारमा
कृष्ण धारावासीको चर्चित कथा झोलामा आधारित झोला गत वर्षको हिट फिल्म हो । यादवकुमार भट्टराईको निर्देशनमा बनेको झोलामा सय वर्षअघिको कथा प्रस्तुत गरिएको छ ।
समितिका सचिव चिरञ्जीवी गुरागाईंले जारी गरेको विज्ञप्तिमा अस्कार अवार्ड एकेडेमीले तोकेको मापदण्ड पूरा गरी चलचित्र सिफारिस गर्न अनुरोध आएको र सोहीअनुसार झोला छनोट गरिएको उल्लेख छ ।
ओस्कार अवार्डका लागि प्रवीण श्रेष्ठ निर्देशित मोक्ष र झोलाले निवेदन दिएका थिए । झोलाले ओस्कारको विदेशीभाषी फिल्मअन्तर्गतको विधामा विश्वभरका फिल्मसँग प्रतिश्पर्धा गर्ने छ ।
राज तिमिल्सिना, सुशील शाह, मालती शाह र रामगोपाल श्रेष्ठले निर्माण गरेको झोलामा गरिमा पन्त, लक्ष्मी गिरी, दीपक क्षेत्री र देशभक्त खनाल प्रमुख भूमिकामा छन् ।
झोलाको प्रोमो यस्तो छ: