Share |

अविवाहित कोमल वली विधवा !

काठमाडौं । पोइला जान पाम्... भन्दै गीत गाउने कोमल वलीको अहिलेसम्म लगन आएको छैन । तर विवाह नगरेपनि कोमल विधवा भईकेकी छिन् भन्दा तपाइँलाई अनौठो लाग्नु स्वभाविक हो । ११ फागुनमा खुलामञ्चमा कोमल एकाएक सेतो पहिरनमा प्रकट भएको देखेर तपाइँजस्तै सबै जना छक्क परेका थिए ।

छक्क नपर्नोस्, विधवा भएपछि उनी राजनीतिमा समेत लागेकी छिन् । त्यही भएर सेतो सारीमा आएकी कोमलले खुलामञ्चमा केही समय भाषण समेत दिन भ्याइन् । देशको राजनीतिमा होइन कि सिनेमा 'राजनीति'मा लाग्दा कोमलको यस्तो रुप देखिएको हो ।

लोकगायिकाबाट नायिका बन्ने धुनमा रहेकी कोमल विधवा भएपछि राजनीतिमा आउने महिला पात्रको भूमिकामा देखिंदैछिन्, चलचित्रमा । वसन्त निरौलाको निर्देशन रहेको चलचित्रमा राजेश हमाल र कोमल वली नेताको भूमिकामा देखिंदैछन् । जसको छायांकन अहिले भईरहेको छ ।

हमाल भने छायांकन स्थलमा उपस्थिति भएका थिएनन् । लोक गायनमा जमेकी कोमल र सिनेमा अभिनयमा राम्रो छाप छोडेका हमालको जोडी 'राजनीति'मा कत्तिको खरो उत्रिने हुन् ?

प्रतिक्रिया (३)

Mahesh kumar Rai भन्नुहुन्छ:

flim 6etrama parbesh gare pa6i chahi lagan jur6 ki !!!!!!!!!!!!

अखिल खडका भन्नुहुन्छ:

काेमल वलिले खेलेकाे िपलम चल्ला र ।

sangeep भन्नुहुन्छ:

कोमल दिदि को सबै गीत मन पर्छ

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box