Share |

सुटिङस्थलमै किन खाना पुर्‍याए सुष्माका प्रमीले ?

काठमाडौं । व्यस्तताका कारण सायद थुप्रै कलाकारहरुले आफ्नो भ्यालेन्टाइनलाई भेट् नपाएर खल्लो महसुस गरे । अझ त्यही दिन सुटिङ पर्नेहरुका लागि उम्किने बहाना नहुने नै भयो तर नायिका सुष्मा कार्कीलाई सुटिङको व्यस्तताले आफ्नो प्रमिकासँ रोमान्स गर्न छेकेन ।

अभिनयमा भन्दा आइटम नृत्यमा नाम कमाएकी सुष्मा यो मामलामा निकै भाग्यमानी रहिछन् । प्रणय दिवसको दिन सुष्मा सुटिङमा व्यस्त रहँदा उनका प्रेमिका नरेन शाही सुष्माका लागि खानेकुरा लिएर सुटिङस्थलमै पुगेका थिए ।

अमोल शर्मा निर्देशित 'बाउन्सर'को आइटम गीतको छायांकन भ्यालेन्टाइनकै दिन परेको थियो । ठमेलको टीके बार एण्ड रेष्टुराँमा सुष्माले आइटम नृत्य गर्दागर्दै नरेश खाना बोकेर पुगेका थिए ।

सुष्मा र नरेनको प्रेम सम्बन्ध सार्वजनिक भएको करिब एक वर्ष बितिसकेको छ । सुष्मा जहाँ गएपनि प्रमिका नरेनको साथमै हरदम देखिन्छिन् । सिनेमाको काममा जाँदा त नरेनले सुष्मालाई हम्मेसी छोड्दैनन् । एक सेकेन्ड समेत एक्लाएक्लै यो जोडी किन नदेखिएको होला ? प्रेमले छुटि्टनै नसकेर भन्दा पनि सिनेमा क्षेत्रमा महिला असुरक्षित हुन्छन् भन्ने मान्यता र प्रमिका माथिकै अविश्वासका कारण सुष्मा र नरेनको यस्तो व्यवहार देखिएको गाइँगुइँ समेत सुनिन्छ, फिल्मनगरीमा ।

'वार' सिनेमाको छायांकनको क्रममा सुष्माले सिनेमालाई भन्दा बढी समय नरेनलाई दिन थालेपछि सुष्मा सिनेमाबाटै आउट समेत भएकी थिइन् । त्यस्तै 'नोटबुक' चलचित्रको गीतको नृत्यमा सुष्माले लगाएको पोशाकप्रति नरेनले छायांकनस्थलमै विरोध गरेका थिए । जसका कारण सुष्मा सुटिङस्थलमै रोएकी थिइन् । यी घटनाले सु्ष्मा र नरेनको प्रेममा आपसी विश्वास नभएको झल्किन्छ ।

भ्यालेन्टाइनको दिन सुटिङ स्थलमै खाना पुर्‍याएर नरेनले प्रेम दर्शाउन खोजेका हुन् वा अविश्वास ?









प्रतिक्रिया (१)

bal bahadur chhetri भन्नुहुन्छ:

nice v time day good yasti ho jasko prame 6 hi yauseli maja6 ..

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box