Share |

नायिकाहरुलाई प्रेम दिवसमा पाँच सय प्रेम प्रस्ताव

काठमाडौं । एक जना व्यक्तिलाई प्रणय दिवसको दिन कति प्रेम प्रस्ताव आउलान् ? दुईटा, तीन वटा वा ६ वटा ? होइन । तिमीलाई मन पराउँछु भन्दै पाँच सयभन्दा बढी प्रेम प्रस्ताव आउँदारहेछन् ।

नपत्याए नायिका केकी अधिकारीलाई सोध्नोस् त । प्रणय दिवसको दिन आफूलाई फेसबुक फ्यान पेजमा पाँच सयभन्दा बढी प्रेम प्रस्ताव आउने गरेको केकीले सुनाइन् । कतिपयले भने फोन नै गरेर समेत प्रस्ताव राख्ने उनको अनुभव छ ।

विवाह र प्रेम गर्ने भन्दै उनीहरुले म्यासेज पठाउने र फोन गर्ने गरेको केकीको भनाइ छ । फोन नै गरेर मन पराउँछु भन्ने आँट भने दुई चारजना बाहेकले नगर्ने उनले सुनाइन् । 'तर इनबक्समा भने टन्नै सन्देश पाइन्छ,' उनले भनिन् ।

प्रस्ताव पठाउनेहरुले आफ्नो जागिरको विवरण समेत खुलाएर पठाउने गरेका छन् रे । 'म फलानो पोष्टमा काम गर्छु भनेर समेत फकाउने प्रयास गरिएका हुन्छन्,' उनी भन्छिन् । ती सबैलाई जवाफ पठाएर साध्य नभएकोले आफूले फोन गर्नेहरुलाई मात्रै जवाफ दिने गरको उनी बताउँछिन् ।

अर्की नायिका बिनिता बराललाई भने परफ्यूम, रोजको गिफ्ट समेत आउने गरेको छ रे । त्यसबाहेक डिनर, लन्च सँगै गरौं, घुम्न जाऔं भन्नेहरु पनि भ्यालेन्टाइन डेमा देखिन्छन् । 'कतिपयले त गिफ्ट पार्सल गरेर समेत पठाइदिन्छ्,' उनी भन्छिन् । त्यस्ता गिफ्ट हेर्दै उनी खूब रमाइलो लिन्छिन् रे ।

पुरानी नायिका गरिमा पन्तलाई अहिले पनि मन पराउँछु भन्नेहरुको लर्को घटेको छैन रे । फोन गरेरै उनलाई भने समकालीन साथीहरुले भ्यालेनटाइनको दिन मन पराउँछु भन्ने गर्छन् रे । 'त्यसबाहेक फेसबुक, इमेलमा पनि सन्देश आउँछन्,' उनले भनिन् । कुनै समय चिठीमै यस्ता प्रस्ताव आउने गरेपनि अहिले एड्भान्स रुपमा प्रस्ताव आउने गरेको गरिमाको अनुभव छ ।'यस्ता कुरा आउँथे र आइरहन्छन्,' उनको भनाइ छ, 'सेलीब्रेटी, त्यसमाथि अविवाहित महिला भएकोले यस्ता प्रस्ताव आउनु अनौठो होइन ।'

अर्की नायिका नीता ढुंगानालाई फोन गरेरै गत वर्ष ६ वटा प्रेम प्रस्ताव आएका थिए रे । त्यसबाहेक म्यासेज र कार्डको गणना छैन । प्रेम दिवसको दिन कसैलाई मन पराउँछु भन्न सबैले पाउने हुँदा त्यसरी फोन गर्नेहरुलाई आफूले गाली भने नगर्ने उनले बताइन् ।

प्रायः नायिकाहरुहको वैवाहिक जीवन अस्थिर हुने गरेपनि उनीहरुलाई प्रणय दिवसमा फ्यानहरुको यतिका प्रस्ताव किन आउँछन् होला ?








तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box