Share |

'मैना'को निम्तो प्रमदेखि राष्ट्रपतिसम्मले मानेनन्

काठमाडौं । द्धन्द्धकालमा घटेको मैना सुनार हत्याकाण्डमा आधारित सिनेमा 'मैना'को भीआइपी सोमा प्रधानमन्त्री र राष्ट्रपति दुवै अनुपस्थित भएका छन् । स्मरणीय मैना सुनार हत्याकाण्डलाई एकीकृत माओवादीले द्धन्द्धकालमा सबैभन्दा बढी उचालेको घटना हो । तर सोही दलका वरिष्ठ नेता प्रधानमन्त्री भएपनि सिनेमाको निम्तो मान्न जान भने भ्याएनन् ।

राष्ट्र प्रमुख, सरकार प्रमुखदेखि राजनीतिक दलका मुख्य नेताहरुलाई आमन्त्रण गरेर 'मैना'को भीआइपी सो गरिएको थियो । तर सोमा प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रपति रामवरण यादव त उपस्थित भएनन् नै राजनीतिक दलका नेताहरुको अनुहार समेत देखिएन ।

राजधानीको कुमारी हलमा देखाइएको सोका लागि निर्देशक केपी पाठक लामो समय कुरेपनि अन्ततः राजनीतिक व्यस्तताको कारण देखाउँदै कोही पनि नआउने भन्दै निराश देखिए । 'मैना' द्धन्द्धकालमा घटेको घटनामा आधारित सिनेमा हो ।

यस्तै विषयवस्तु बोकेको सिनेमा 'बधशाला'लाई नेपाली सेनाले प्रदर्शनमा रोक लगाएको छ । 'मैना'को सेन्सर पास भएपनि राजनीतिक दलका नेता, सरकार र राज्यप्रमुखले भने बेवास्ता गरेका छन् । कतै यो अघोषित सेन्सर त होइन ? सिनेमा जगत्मा गाइँगुइँ चल्न थालकोे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box