प्रधानमन्त्रीसँग पुनः भेट्दै आन्दोलनकारी कलाकार
आन्दोलनरत संघसंस्थाा सबै प्रतिनिधिले प्रधानमन्त्री भट्टराईसँग भेट गरिरहेको छलफल स्थलमै रहेकी नेपाल महिला चलचित्रकर्मी संघकी अध्यक्ष मौसमी मल्लले जानकारी दिइन् ।
आइतबारदेखि सिनेमा सुटिङ, प्रोडक्सन लगायतका सबै काम ठप्प पारेर आन्दोलना उत्रने चलचित्रकर्मीले सार्वजनिक गरेका थिए । नेपाल चलचित्र विकास बोर्डमा चचित्र क्षेत्रकै व्यक्ति अध्यक्ष हुनुपर्ने लागतयका नौ बुँदे माग राखेर १५ दिनदेखि कलाकारहरु आन्दोलनमा छन् । उनीहरुले बोर्ड परिसरमा २४ घण्टे रिले अनसन समेत गरिरहेका छन् ।
आइतबारदेखि नै आमरण अनशनमा बस्ने कार्यक्रम समेत राखेका छन् । प्रधानमन्त्री भट्टराई मागप्रति सकरात्मक रहेकोले पुनः सिंहदरबारमा भेट हुन भईरहेको एकजना सहभागीले बताए । छलफलमा मल्ल, सुरेश दर्पण पोखरेल, विमल पौडेल, नवल खड्का लगायत उपस्थित छन् ।




