Share |

आइतबारदेखि सुटिङ बन्द गरेर आन्दोलन

काठमाडौं । आन्दोलनरत चलचित्रकर्मीहरुले १४ माघ आइतबारदेखि चलचित्रको सुटिङ बन्द गर्ने भएका छन् । हलवालाहरुको संस्था चलचित्र संघ आन्दोलनबाट हटेपछि चलचित्रकर्मीहरुले यस्तो निर्णय गरेका हुन् ।

आन्दोलनमा सक्रिय नायिका मौसमी मल्लका अनुसार आइतबारदेखिका सबै सुटिङ, प्रोडक्सन रोक्न फिल्म क्षेत्रका सबै व्यक्तिहरुलाई आग्रह गरिसकिएको छ । सुटिङमा व्यस्त हुनुपरेकोले अधिकांश कलाकारहरु आन्दोलनमा आउन नपाएको बताउँदै आएका छन् । अब भने उनीहरु पनि आन्दोलनमा आउन बाध्य बन्ने छन् ।

चलचित्रको सुटिङ, प्रोडक्सन भइृरहेपनि आफूहरुको भने काम नै अवरुद्ध भएको भन्दै असन्तुष्ट बनेर आन्दोनलको शुरुदेखिकै सहयात्री संघ बाहिरिएको थियो । सबैले काम बन्द गरेर आन्दोलनमा आउनुपर्ने भन्दै संघ बाहिरिएको थियो । संघले आन्दोलन छोडेको भोलिपल्टै यस्तो निर्णय भएको हो । संघ समेत आन्दोलनमा पुनः फर्किने उनीहरुको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box