राजेश हमाल आन्दोलनमा, चर्चित अनुहार ओझेलमै
बोर्ड अध्यक्षमा फिल्म क्षत्रकै मान्छे राखिनुपर्ने मागसहित आन्दोलनमा चलचित्रकर्मी उत्रिए पनि चर्चित अनुहारहरु भने कमै देखिएकोमा आलोचना भईरहेको छ । हमालले भने आफू विदेशमा रहेकोले आन्दोलनमा सरिक हुन नपाएको प्रस्टीकरण दिएका थिए ।
सिनेमा क्षेत्रका चर्चित कलाकारहरुको साथ नपाएकोले आन्दोलन समेत प्रभावकारी बन्न सकेको छैन । करिष्मा मानन्धर सिंहदरबार घेराउमा देखिएपनि त्यसपछिका आन्दोलनबाट गायब भइन् । नयाँ कलाकारहरुलाई त चासै नभएको जस्तो देखिन्छ ।
आन्दोलन, जुलुसबाट युवा पुस्ता दिक्क भएको यसबाट बुझ्न सकिन्छ । नायक सौगात मल्ल, कर्मा, नायिकाहरु नम्रता श्रेष्ठ, केकी अधिकारी, बिनिता बराल, निशा अधिकारीजस्ता कलाकारहरु आन्दोलनको अग्रभागमा देखिएकै छैनन् । यद्यपि उनीहरुले आन्दोलनप्रति समर्थन रहेको भन्न भने छुटाउँदैनन् ।
आन्दोलनमा उत्रिएका कतिपयलाई माउ पार्टीले स्पष्टीकरण समेत लिएको छ । एकीकृत माओवादी सम्बद्ध नायिका मौसमी मल्ल, निर्देशक विमल पौडेललाई पार्टीले बोलाएर प्रस्टकरण लिइसकेको छ । सबै कलाकारमा एकमत नहुँदा आन्दोनलको गन्तव्य र प्रभावकारिता नै अफ्ठेरोमा पर्ने देखिन्छ ।





nabaraj ghimire भन्नुहुन्छ:
dhari ramro xa i likepasagi भन्नुहुन्छ:
rajesh hamalgilai nai chairman banaye perfect hun6