Share |

'कलिउड'ले केही नगर्ने भो प्रियंकालाई

काठमाडौं । एउटै सिनेमा रिलिज नभए पनि खुबै बजार पिटेकी थिइन्, नायिका प्रियंका कार्कीले । निर्देशकको नजरमा समेत धमाधम परेकी थिइन् । त्यसैले त बजारमा उनको उपस्थिति नै नहेरी चारवटा भन्दा बढी सिनेमामा स्थान पाइन्।

डेब्यु सिनेमाले सोचेजस्तो सफलता हासिल नगरेको पीडा सेलाउन नपाउँदै प्रियंका अभिनित दोस्रो चलचित्रले समेत चोट दिएको छ । उनले अभिनय गरेको सिनेमा 'कलिउड' जम्न नसक्दा प्रियंकाका आउने चलचित्रलाई समेत असर गर्ने ठानिएको छ ।

'कलिउड' औसतभन्दा माथिको व्यापार गर्न नसकेको वितरक हरि बरालले फिल्म नेपाललाई जानकारी दिए । तर उनले रकम भने खुलाउन चाहेनन् । 'बजारमा अहिले चलिरहेका सिनेमाले भन्दा अलिकति माथि व्यापार गरेको देखिन्छ । तर त्यसले खासै अर्थ राख्दैन,' उनले भने ।

उपत्यकाबाहिर भन्दा काठमाडौंमा केही राम्रो व्यापार भएको उनले बताए । निर्देशक नवराज आचार्यले दर्शकको संख्या बढिरहेको भएपनि सोचेजस्तो दर्शक पाउन नसकेको स्विकारे ।

तर नायिका कार्कीले भने आफू उत्साहित भएको प्रतिक्रिया दिइन् । व्यापारबारे आफूलाई थाहा नभएपनि दर्शकको माया पाएको बनिबनाउ जवाफ दिइन्, उनले ।

डेब्यु सिनेमा 'थ्री लभर्स'लाई आफ्नो करियरको सबथोक मानेकी प्रियंकालाई दोस्रो सिनेमा 'कलिउड'ले समेत झस्काएको हुनुपर्छ । कार्कीले फेसबुकमा लेखेजस्तै एउटा सिनेमाले संसारका सबै मान्छेलाई सन्तुष्ट पार्न नसके पनि धेरै मान्छेलाई खुशी बनाउन त सक्थ्यो कि ?

प्रतिक्रिया (१)

pasagi भन्नुहुन्छ:

good movie and good acting

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box