एक महिना केकीले किन फिल्म नखेल्ने ?
केकी प्रसिडेन्सियल कलेजमा एमबीए पहिलो सेमेष्टरमा अध्ययनरत छिन् । पहिलो सेमेष्टरको मिड टर्म परीक्षा २१ माघदेखि शुरु हुँदै छ । अध्ययनशील नायिकामा पर्ने केकी आफ्नो लागि अहिले करियरभन्दा पढाइ महत्वपूर्ण भएकोले सिनेमाबाटा ब्रेक लिएको बताउँछिन् । 'थुप्रै कलहरु आइरहेको छ, तर मैले वास्ता नगरी पढाइमै ध्यान दिइरहेको छु,' उनले भनिन् ।
पढाइले करियरमा दीर्घकालीन असर पर्ने उनको विचार छ । 'आइएम सरी'लगायतका सिनेमामा काम गरिसकेकी केकी आफू कम तर स्तरीय सिनेमा मात्रै खेल्ने बताउँछिन् । भन्छिन्, 'रेष्ट गर्दे काम गर्नुको मज्जा नै बेग्लै हुन्छ ।'





sabina paudel भन्नुहुन्छ:
thik garnu vaya6suman magar भन्नुहुन्छ:
tapaiko soch ramro lagyo tara time timema film khelirakhnu hola .me ur heartly fan hu