मुठभेड चर्कियो चलचित्रमा
२५ पुसमा बोर्डमा ताल्चा लगाएर थालिएको आन्दोलन सिंहदरबार घेराउसम्म पुगेपछि प्रहरीले हस्तक्षेप गर्न थालेको हो । यसको विरोधमा कलाकर्मीहरुले २४ घण्टे रिले अनशन समेत गर्ने भएका छन् ।
बोर्डमा चलचित्र क्षेत्रकै व्यक्ति अध्यक्ष हुनुपर्ने लगायतका नौ बुँदे माग राखेर सडक आन्दोलनमा कलाकर्मीहरु ओर्लिएका छन् । सांकेतिक सामूहिक आत्माहत्या, ताल्चा लगाउने, सिंहदरबार घेराउजस्ता विरोध कार्यक्रम गरेपनि सरकाले बोर्ड अध्यक्ष नियुक्तिको पहल गरेको छैन ।
आन्दोलनमा सक्रिय कलाकार मौसमी मल्लले सरकारले चाहेमा एक घण्टामै आफूहरुले अध्यक्षको नाम दिने दाबी गरेकी छिन् । तर त्यस्तो लक्षण नदेखिएकोमा उनले दुख समेत व्यक्त गरिन् ।
लामो समयदेखि रिक्त पदका लागि विभिन्न नाम चर्चामा आएपनि नियुक्ति भएको छैन । कलाकारभित्रै पनि मदभेद भएकोले आन्दोलन चर्काएपनि नतिजा दिन नसकेको विश्लेषकहरु बताउँछन् । आन्दोलनमा नयाँ कलाकारको सहभागिता न्यून छ ।




