स्त्रिप्ट राइटर र गीतकार बनिन् बिनिता
काठमाडौं। गुपचुप रुपमै सुटिङ सकाएर पोष्ट प्रोडक्सनमा रहेको एउटा सिनेमामा नायिका बिनिता बराल स्त्रिप्ट राइटर बनेकी छिन् । निरञ्जन पाण्डेले निर्देशन गरेको सिनेमामा बिनिताले समेत स्त्रिप्ट लेखेकी हुन् ।
सिनेमाका धेरै कुरा सस्पेन्स राख्ने भन्दै नाम समेत खुलाइएको छैन । 'मसहित तीनजनाको स्त्रिप्ट हुनेछ,' बिनिताले भनिन् । निर्देशक पाण्डे, बिनिता र सौरभ ढकालले चलचित्रको पटकथा र संवाद तयार पारेका हुन् ।
यही चलचित्रमा बिनिताले गीत समेत लेखिकी छिन् । बिनताले 'तस्करीले कमायो बेस्करी... 'बोलको गीत लेखेकी हुन् । यो गीत प्रोमोमा समेत राखिने छ । 'सिनेमामा धेरै कुरा देखाइनेछ,' उनले भनिन् । बिनिता र शिशिर राणाबाहेक सबै नयाँ कलाकारको अभिनय रहको छ, फिल्ममा ।
चलचित्रमा थिएटर र ओस्कार कलेजमा अध्ययनरत कलाकारको बाहुल्यता रहेको बताइन्छ । चलचित्रको नाम र ट्रेलर ७ माघमा सार्वजनिक गर्ने बताइएको छ ।




