कतारमा प्रियंका र आर्यनले केके गरे ?
यही मेसोमा थपिएका छन्, 'कलिउड' सिनेमाको प्रमोसनको लागि कतार पुगेका प्रियंका कार्की र आर्यन सिग्देल । उनीहरुले समुद्री किनारमा रमाइलो मुडमा फोटो खिचाएका छन् ।
सिलाइन पोर्टमा खिचाइएको तस्वीरमा आर्यनले प्रियंकालाई बोकेर समुद्री किनारमा नचाएको देखिन्छ । दुई घण्टा उक्त समुद्री किनारमा फोटो खिचिएको प्रियंकाले बताइन् । 'निकै रमाइलो भयो,' उनले अनुभव सुनाइन् ।
त्यहाँ खिचिएको केही फोटो प्रियंकाले फेसबुकमा समेत राखेकी छिन् । फोटो देखेर कतिपयले आर्यन र प्रियंकाबीचको सम्बन्धबारे समेत शंका गरेका छन् । यसबारेमा प्रियंकाले भनिन्, 'विचरा, हामीबीचमा त्यस्तो कुनै सम्बन्ध छैन ।' कतारबाटै निस्कने एक नेपाली साप्ताहिकको लागि फोटो सुट गरिएको उनले जानकारी दिइन् ।




