'मेघा'मा रेमन पहिल्यै 'फिक्स' थिए
सम्झना रौनियारले निर्देशन गर्ने 'मेघा'का लागि शुरुमा रेमनलाई नै छानिएको थियो । तर बीचमा 'लुट'बाट हिट भएपछि सौगातलाई लिएको स्रोतले बतायो । सौगातले अभिनय गरेका अन्य सिनेमा 'लुट'कै हाराहारीमा नचलेपछि निर्माण पक्ष पुनः रेमनतिरै फर्किएको हो ।
'पैसामा पनि केही तलमाथि हुनेभएपछि पुनः पुरानै निर्णयमा फर्किइएका हो,' स्रोत भन्छ । सौगातको भन्दा रेमणको पारिश्रमिक पनि कम भएकोले पुनः रेमणलाई लिएको स्रोतले बतायो ।
पुसको अन्तिमदेखि सुटिङ थालिने भनिएपनि दिदीको उपचारका लागि सिद्धार्थ कोइराला अमेरिकामै रहेकोले सुटिङ मिति अनिश्चित छ । चलचित्रमा मनिषा कोइरालाका भाइ सिद्धार्थ, नम्रता, श्रेष्ठ, रेमन लगायतको अभिनय रहने छ ।




