Share |

नर्भस् भइन् मनिषा


न्यूयोर्क । बलिउड नायिका मनिषा कोइरालाले आफू पहिलो केमोथेर्यापी गर्दा नर्भस भएको सार्वजनिक गरेकी छिन् । पाठेघरमा क्यान्सर भएपछि न्यूयोर्यकमा उनको शल्यक्रिया भएको थियो । केमोथेर्यापीको पहिलो सेसनमा आफू नर्भस भएपनि जस्तोसुकै चुनौती सामना गर्न तयार भएको आफ्नो फेसबुकमा लेखेकी छिन् ।

हिन्दूस्तान टाइम्सको अनलाईन संस्करणले बताए अनुसार मनिषा अझै अढाई महिना न्यूयोर्कमै रहनेछिन् । आमा, बुवा, साथी र हितैषीहरुको माया र कामनाले आफूलाई सधैं उत्साह दिने समेत उनले बताएकी छिन् । मनिषाले लेखेकी छिन्, 'स्नेह र हेरविचार बाहेक अन्य कुनै पनि कुरा महत्वपूर्ण छैनन् । तपाइँहरुको मायाले मलाई साँच्चै छोयो ।'

क्यान्सर लागेर काम गर्न छोडेका सेललाई पुनः सक्रिय बनाउन यो थेर्यापीले सहयोग पुग्छ । यस्तो उपचार पद्धति लामो समयसम्म गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

क्यान्सरसँग संघर्ष गरेर आएकी क्यानाडियन नायिका लिजा रेबाट आफूलाई रोगविरुद्ध लड्न उत्साह मिलेको समेत उनले बताएकी छिन् । नेपाली मूलकी ४२ वर्षे मनिषा भारतीय फिल्मी बजारमा स्थापित नाम हो । उनी अभिनित 'सौदागार', 'अ लभ स्टोरी' 'बम्बई', 'दिल से', 'लज्जा' चर्चितमध्येका बलिउड फिल्म हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box