Share |

'धन्धा' धरापमा !


काठमाडौं । सुदर्शन थापा निर्देशित सिनेमा 'धन्धा'ले खस्किंदो चलचित्र बजारलाई नधान्ने देखिएको छ । शुरुवाती व्यापार उत्साहजनक गर्न नसकेको 'धन्धा' धरापमा नपरेपनि सोचेजस्तो व्यापार गर्न नसकेको निर्माता बाबुराम दाहालले स्विकारे ।

यद्यपि मल्टिप्लेक्स हलहरुको व्यापारमा भने केही सुधार आएको उनको दाबी छ । एउटा शो मात्रै राखिएको क्युएफएक्स हलमा थप एउटा राखिएको छ भने विग सिनेमामा ४ शो राखिएको छ ।

दाहालका अनुसार मल्टिप्लेक्सबाहेकका हलमा भने सिनेमा औसत मात्रै रुचाइयो । १३ पुसदेखि प्रदर्शनमा आएको 'धन्दा'ले वैदेशिक रोजगारका क्रममा हुने कालो कामहरुलाई उजागर गर्ने प्रयास गरेको छ । प्रस्तुति राम्रो रहेकोले सिनेमाले व्यापार समेत बढाउनेमा निर्माण पक्ष ढुक्क थियो ।

तर प्रारम्भिक व्यापारको ग्राफ नै सुस्त रहेकोले सिनेमाले लगानी मात्रै उठाउने निर्माण पक्षको आंकलन छ । 'नाफा नै भइहाल्यो भने पनि ठूलो मात्रामा नहोला जस्तो छ । हेर्दै जऔं,' दाहालले भने ।

अर्पण थापा, समुना केसी, पुष्कर गुरुङ, दिलभूषण पाठक लगायतको अभिनय रहेको सिनेमाले अर्पणको गेटअपबाट रिलिजअघि राम्रो प्रशंसा पाएको थियो । तर 'धन्दा' सिनेमा नै धरापमा पर्ने खतरा बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box