'एन्टि हिरो' विम्लेष
मिलन च्याम्सले निर्देशन गर्ने सिनेमामा मिप्लेष नेगेटिभ भूमिकामा देखिन लागेको स्रोतले बताएको छ । अबको एक महिनामै फ्लोरमा जाने सिनेमाको नाम भने जुरिनसकेको बताइएको छ ।
यही सिनेमाका लागि विम्लेष पवमा गएर अध्ययन गर्ने र डान्स क्लास समेत लिइरहेको बुझिएको छ । तर यसबारेमा विम्लेषले भने केही पनि खुलाउन चाहेनन् । भन्छन्, 'सबै कुराको टुंगो नलागी केही पनि भन्न मिल्दैन ।'
विम्लेषले मिलनसँग तीनवटाजति म्युजिक भिडियोमा समेत काम गरिसकेका छन् । त्यसैले पनि मिलनको रोजाइमा विम्लेष पर्ने पक्कापक्की छ । तैपनि सहमति पत्रमा हस्ताक्षर भने भइसकेको छैन । विम्लेषले यो सिनेमालाई आफ्नो करियरकै च्यालेन्जिङ सिनेमा भन्ने गरेको उनका निकट साथहरु बताउँछन् । विम्लेष अभिनित तीनवटा सिनेमा रिलिज भईसकेका छन् ।




