हनिमुनमा मस्त सोनिया
तर सोनिया यतिबेला हनिमुन यात्रामा नेपालमै रमाइरहेकी रहिछन् । मंसिरको अन्तिममा लगन गाँठो कसेकी उनी हनिमुन यात्राकै क्रममा पोखरा पुगेकी छिन् । 'हनिमुन जस्तै हो,' फिल्म नेपालसँगको कुराकानीमा उनले भनिन् । उनी तीन दिनअघि पोखरा हानिएकी हुन् ।
अन्य केही ठाउँमा समेत हनिमुन यात्रा गरेर काठमाडौं फर्किने बताएपनि सोनियाले ती ठाउँबारे खुलाउन चाहिनन् । काठमाडौं सुकेधाराका देवेन्द्र सुवेदीसँग सोनियाका विवाह भएको हो । चलचित्र यात्रा सोचेजस्तो सफल नभएपछि सोनिया गि्रन कार्ड होल्डरसँग अमेरिका भासिने बताइएको छ । तर यसबारे उनले केही बताइनन् ।
दर्जनभन्दा बढी सिनेमामा अभिनय गर्दापनि स्थापित हुन नसकेकी सोनिया आखिर सिनेमा क्षेत्रबाटै अलग्गिने निर्णयमा पुगेकी नै हुन् त ? कतिपय स्थापित सिने कलाकारले त अभिनयलाई भन्दा अमेरिकालाई रोजेकाले सोनियाको सुर उति अनौठो भने होइन ।




