निश्चलले कमेडी सिनेमा निर्देशन गर्ने
उनी अहिले आफ्नो दोस्रो सिनेमाको पटकथा सम्पादन र छलफल गरिरहेका छन् । कलाकार छान्ने, सिनेमाको नाम जुराउने काम अझै बाँकी नै छ । 'लुट'लाई कतिपयले छाडा भनेर आलोचना गरेपनि आफ्नो पछिल्लो सिनेमा भने पारिवारिक हुने उनले बताए । 'सबैलाई हँसाउने जमर्को गर्ने हुँदा यो पारिवारिक सिनेमा हुनेछ,' निश्चलले भने ।
नेपाली सिनेमा उद्योगमा संकटकाल लगाउने तयारी भईरहेको बेला 'लुट'ले त्यो अवस्था टारिदिएको थियो । अहिले पनि नेपाली सिनेमाको व्यापार निरन्तर खस्कँदो अवस्थामा छ । त्यसैले पनि निश्चलको नयाँ प्रोजेक्टलाई धेरैका लागि अर्थपूर्ण हुने ठानिएको छ ।




