बोर्ड अध्यक्ष को बन्ला ?
आखिर को होला त बोर्ड अध्यक्ष ? अहिलेसम्म चर्चामा आएका नामलाई नै लिने हो भने नायिका रेखा थापा अग्रस्थानमा पर्छिन् । तर माओवादी निकट चलचित्रकर्मी संघ नै रेखाको विपक्षमा उभिएकोले त्यो संभावना झिनो भएको एकथरीको बुझाइृ छ । प्रधानमन्त्रीदेखि माओवादी अध्यक्ष प्रचण्डसम्मलाई भेटेर लबिङ गरेकी रेखाको भागमा अध्यक्ष पर्ला वा नपर्ला ?
यसअघि चर्चामा आएको अर्को नाम हो, शैलेश आचार्य । सञ्चारमन्त्रीको साथ शैलेषलाई रहेको खबरसँगै चर्चामा आएका अन्य नाम समेत ओझेलमा परेका थिए । प्रदिप उदय, लक्ष्मण शेष, सञ्चारमन्त्रीका कानुनी सल्लाहकार सुरेश कार्कीको नाम समेत बोर्ड अध्यक्ष बन्ने लाइनमा छ ।
रमेश संवेदनाले अध्यक्ष बन्नका लागि आफ्नो योजना सहित दरखास्त दिएको सार्वजनिक गरेपछि अध्यक्ष बन्ने संभावित नाममा उनको समेत चर्चा हुन थाल्यो । सतहमा धेरै नाम देखिएपनि अध्यक्ष कसको पोल्टामा पर्ने हो ? सञ्चारमन्त्रीको भनाइलाई सत्य ठान्ने हो भने अबको एक दिनमै टुंगो लाग्ने छ ।




