पुराना कलाकारसँग नव नायिकाको जोडी जम्ला ?
नायक राजेश हमालले अभिनय गरेका यो चलचित्रसँग 'रुद्राक्ष' भिड्दैछ । विजयविक्रम बस्नेतले निर्देशन गरेको 'हात लाग्यो शून्य'मा हमाल कमेडी भूमिकामा देखिंदैछन् । सिनेमामा कल्पना शाही, गोपाल नेपालको अभिनय रहेको छ ।
गोकुल राई निर्देशित 'रुद्राक्ष'मा सुनील थापा, अनु शाहको अभिनय रहेको छ । दुवै सिनेमामा पुराना नायकसँग नयाँ नायिकाहरुले अभिनय गरेका छन् । पुराना नायकसँग नव नायिकाहरु कत्तिको जम्ने हुन् कुन्नि ?




