बोर्ड अध्यक्षका लागि रेखाको फेसबुके बहस
अध्यक्ष बन्नका लागि प्रधान्मन्त्री बाबुराम भट्टराईदेखि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई समेत भेटिसकेकी रेखाले एकजना निर्माताको नाम अध्यक्षका लागि आएपछि फेसबुकमा प्रतिक्रिया दिएकी हुन् ।
निर्माता रमेश संवेदनाले बोर्डले फिल्म सिटी बनाउने योजनासहितको बायोडाटा बु्झाएर अध्यक्ष बन्ने कसरत गरेका थिए । त्यसप्रति रेखाले लेखेकी छिन्, 'विकास सोचले हुन्छ । उमेरले होइन । हाम्रो क्षेत्रका मान्छे नेता हुने गुणका छन् । ५० वर्षमा एउटा फिल्म बनाउँछन् अनि वरिष्ठ रे । हामी त अझ २० वर्षसम्म बालकबालिका नै हुने भयौं ।'
चलचित्र क्षेत्रको मान्छे आउँदा विरोध गर्ने र त्यसबाहिरका मान्छे आउँदा मौन रहने नेपाली कलाकारहरुको बानीले सिनेमा उद्योग पछाडि परेको पनि उनको धारणा छ । रेखा निकटका निर्देशक सुरेशदर्पण पोखरेलले रेखाको कुरालाई समर्थन गरेका छन् । उनले रेखालाई नेपाली चलचित्र क्षेत्र नबुझेको भनिएपनि अन्ततः चलचित्र क्षेत्र प्रगतितर्फ लम्कने बताएका छन् । लगत्तै रेखाले खुशी व्यक्त गर्दै ६ महनापछि नेपाली चलचित्रमा सुधार आउने आशा पोखेकी छिन् ।




