Share |

१० वर्षपछि विमलेषको विशेष वर्थडे

काठमाडौं । झण्डै दश वर्षपछि नायक विमलेष अधिकारीले आफ्नै जन्मथलो विराटनगरमा २९ औं जन्मदिन मनाउँदैछन् । फिल्मी करियर शुरु गरेसँगै उनले आफ्नो जन्मदिन काठमाडौंमा मनाउँदै आएका थिए । 'लामो समयपछि आफ्नै ठाउँमा वर्थडे मनाउँदा फरक अनुभव भईरहेको छ,' उनले भने ।

बा-आमासँगै बसेर जन्मदिन मनाउन पाएकोमा आफूलाई विछट्टै खुशी लागेको समेत उनले सुनाए । दाजुभाउजुसँग काठमाडौंमा बस्थे विमलेष । अहिले उनका दाजुभाउजु समेत अस्ट्रेलियामा छन् । 'बा-आमासँगै जन्मदिन मनाउनु पनि भाग्यकै कुरा रहेछ,' उनले भने 'छुट्टै उत्साह छ, मनमा ।'

विमलेष २४ कात्तिकमा विराटनगर जन्मदिन मनाउनै गएका हुन् । तिहार समेत उनले उतै मान्नेछन् । ब्रेकफेल, तुलसी, मुटुजस्ता सिनेमामा उनले अभिनय गरेका छन् । विमलेष विराटनगरकै प्रसिद्ध कालीमन्दिरमा गएर पूजा गरे भने बेलुका सानो ग्यादरिङ आयोजना गरेका छन् । 'विगत वर्थडेमा हुने अनुहार यसपाली हुनेछैनन् तर नयाँ अनुहारले नयाँपन दिइरहेको छ,' उनले भने । शुभकामना विमलेषको विशेष वर्थडेमा ।

प्रतिक्रिया (१)

Khagen Goutam भन्नुहुन्छ:

Hajur lai mero tarfa bat janmadin ko hardik bhada..... Happy birth day bimlesh ji....

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box