ओबामाको जितमा दंग नेपाली कलाकार
उनीहरुले सोसल मिडियामार्फत आफ्नो खुशी पोखेका छन् । हास्य कलाकार हरिवंंश आचार्यले फेसबुकमा लेखेका छन्, 'अमेरिकाको राष्ट्रपतिमा बाराक ओबामा पुनः निर्वाचित भएकोमा बधाई । उनले नेपाल लगायत सबै राष्ट्रलाई हित हुने काम गरुन, उनलाई शुमकामना ।' हरिवंशको यो भनाईलाई १० हजारभन्दा बढीले लाइक गरेका छन् ।
'यतिबेला ओबामा र रोम्नीलाई जस्तो अनुभूति भईरहेको छ छोटोमा त्यही नै जीवनको परिभाषा हो ।' अहिले अमेरिकामै पुगेका नायक राजबल्लभ कोइरालाले साहित्यिक शैलीमा फेसबुक भरेका छन् । राजबल्लभ कवित लेख्नमा रुचि राख्छन् ।
निर्देशक सुरेश दर्पण पोखरेलले लामो स्ट्याटसमा आफू नेपालर्म भए पनि युएसको चुनावबारे लेख्न मन लागेको बताउँदै थप्छन्, 'संसारको एक महाशक्ति राष्ट्र अमेरिकाको लगाम कसको हातमा होला । त्यो त भोलिसम्म थाहा । तर बाराक ओबामाको कार्यशैलीबाट त्यहाँ रहेका अधिकांश नेपाली प्रभावित रहेको पाएँ । त्यसैले म बारककै साथमा छु ।'




