कालोसूचिबारे केही थाहा छैनः विपना
फाइनान्सले ७ लाख २६ हजार सात सय ८० रुपिया दाबी गरेको छ । तर यसबारे आफूलाई कुनै पनि खालको सूचना नआएको विपनाले जिकिर गरिन् । 'भाइले म नेपाल आउनसाथ सुनाएको थियो । त्यसमा मैले केही पनि बुझ्न पाएकी छैन,' उनले भनिन्, 'पूर्णता अनविज्ञ छु ।'
जमानाकी चर्चित नायिका विपना भारतीय नागरिकसँग विवाह गरेर उतै बस्छिन् । दशैं मान्न नेपाल आएकी उनी अझै दुई महिना यतै रहनेछिन् । तिहार मनाएर यसबारेमा विस्तृत बुझ्ने उनले बताइन् । 'यसबारेमा अहिले म केही पनि भन्दिनँ,' विपनाले भनिन् । विपनाले १७ जेठ २०६२ मा फाइनान्सबाट ऋण लगेको उजुरीमा उल्लेख छ ।
पाँच वर्षअघि नै फाइनान्सलाई आफूले गाडी लैजान भनेको विपनाले बताइन् । 'त्यतिबेला किन लगेनन् र अहिले किन लगे थाहा छैन,' उनको भनाइ छ । फाइनान्सको स्वामित्व समेत फेरिएको आफूले सुनेको उनी बताउँछिन् । ऋण चुक्ता नगरेकोबारे समेत उनले बुझेर मात्रै प्रतिक्रिया दिने बताइन् ।
विपनाले करिब डेढ सय नेपाली सिनेमामा अभिनय गरेकी छिन् । तर विवाहपश्चान भने उनले माइतीको सिनेमा उद्योगलाई लगभग माया मारेकी छिन् । विवाहसँगै फिल्मी करियरबाट समेत टाढिएकी विपना तीन महिनाअघि खराब ऋणीको रुपमा सार्वजनिक भइन् । माइतीमा लागेको दागलाई विपनाले कसरी मेटाउने छिन् ? तिहारलगत्तै यसबारेमा छिनाफानो हुने आशा छ ।





Anup भन्नुहुन्छ:
Bipana g khaya pa6i birsine bani vayora india gaya pa6ipradip rai भन्नुहुन्छ:
Yadi rin bipanile lageke ho vane badhyata bas tirnu par6 arko kura nepal ko charchit nayaka vayako karan kasele uslai bejet garn ko lagi pani ta yo halla gareko hun sak6,