Share |

सोत्तर भए सिनेमा

काठमाडौं । 'मैले हिजोका दिनमा निकै मिहेनेत गरेको थिएँ, सो सिम्पलका लागि । हिजोको मिहेनतले मलाई आज कसरी निराश बनाउन सक्ला र ?' 'सो सिम्पल' सिनेमाका पटकथा लेखक प्रदीप भारद्धाजले सिनेमा रिलिज हुनुभन्दा अघिल्लो दिनमात्रै फेसबुकमा लेखेका थिए ।

आफ्नै भाई प्रमोदले डेब्यु गरेको सिनेमाले उनलाई मात्रै निराश बनाएन निर्माता केशव भट्टराईले त अत्तालिएर अमेरिका भासिन डीभी भरेको खबर सार्वजनिक भएको छ । शिव रेग्मी निर्देशित यो सिनेमाले हलभाडा उठाउन समेत धौधौ परिरहेको छ । एकसाथ चारवटा सिनेमा रिलिभ भएका थिए, सो सिम्पलसँर्गै । तर कुनैले पनि निर्माताको खल्ती पोटिलो बनाउन सकेनन् ।

आर्यन अभिनित सिनेमा 'धुवाँ यो नशा' राम्रो चल्ने आशा गरिएको थियो । तर योसँगै उनले खेलेको 'के म तिम्रो साथी बन्न सक्छु' ले समेत डुबायो, सर्वाधिक महंगा नायकलाई । सिनेमा त फापेन नै उनले मोबाइल समेत हराएछन्, यही तोडमा । उही मितिमा लागेको 'लुट कम्पनी' समेत आफैं लुटियो । अर्थात् यसले पनि दर्शकको दया पाउन सकेन ।

चारवटै सिनेमा चौपट बनेपनि त्यसको पछिल्लो हप्ता पुनः त्यही संख्यामा सिनेमा रिलिज भए । तर तिनको हालत समेत उस्तै रह्यो । मुम्बई भासिएका नायक निखिल उप्रेती अभिनित सिनेमा 'नबोले नि हाँसी राखन'ले जम्मा १२ लाखको मात्रै व्यापार गरको छ, हालसम्म ।

अर्को सिनेमा 'भेटी'ले सिनेमाको नाम जस्तै तीन लाख मात्रै भेटी उठायो, नेपालभरबाट दुईदिनमा । नायक उत्तम प्रधानको कमब्याक सिनेमा 'इशारा' पनि उत्साहजनक ओपनिङ गर्न सकेन । 'आइएमइन लभ'लाई समेत दर्शकले लभ गरेनन् ।
नेपाली सिनेमा परिवर्तनको संघारमा पुगेको आंकलन धेरैले गरेपनि दुई हप्तामा रिलिज भएका आठ वटा सिनेमाको व्यापार हेर्दा अवस्था टीठ लाग्दो देखिन्छ । दर्शकको परिवर्तन चाहनालाई सिने उद्योगका व्यक्तिहरुले नबुझेको प्रस्टिन्छ । स्वाद र शिल्पीमा नेपाली सिनेमा पुरानै बाटोमा हिंड्न थालेको देखिन्छ । नेपाली सिनेमा हेर्न हलसम्म डोरिएका दर्शकहरु यस्ता सिनेमाकै कारण नभड्केलान् भन्न सकिन्न ।


प्रतिक्रिया (२)

suman भन्नुहुन्छ:

Kun filmko busnes kasto 6 nbugi gharmanai basera filmko sami6ya garne Nepalko yesta patrika ra yeska sampadak Jaba samma bachiran6a Taba samma ramro sinema chalna sakdaina so nepali film premi harule yesta harula mediea bata tada banana par6 kaso my Dear frn please comment please please please...............

ramesh kumar thapa भन्नुहुन्छ:

Hoina kshori vayo hola...?

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box