Share |

निशाले सगरमाथा चुम्ने

काठमाडौं । नायिका निशा अधिकारीले सगरमाथाको चुचुरो चुम्ने भएकी छिन् । मुस्ताङमा एक महिने माउन्टेनरिङको अभ्यास सकाएर काठमाडौं फर्किएकी निशाले आफू सगरमाथा चढ्ने तयारीमा रहेको खुलाएकी हुन् ।

जलवायु परिवर्तनमा महिलाको मुद्दा लिएर उनी सगरमाथा चढ्ने सुरमा पुगेकी रहिछन् । 'जलवायु परिवर्तनमा महिलाको भूमिकालाई लिएर सगरमाथा चढ्ने योजना बनाएकी छु,' उनले भनिन् । तर यसको लागि केही वर्षलाग्ने निशाले बताइन् । त्यसभन्दा पहिले ६ हजार मिटरका अन्य हिमाल चढ्नुपर्ने भएकोले चा“डै ती हिमाल आरोहण गर्ने निशाले बताएकी छिन् ।

निशाले मुस्ताङ पुगेर पा“च हजार दर्ुइ सय मिटरको उचाइमा माउन्टेनरिङ भने गरिसकेकी छिन् । मुस्ताङमा उनले रक क्लाइम्बिङ, र्‍यापलिङ, आइस क्लाइम्बिङ गरेकी थिइन् । डा“डाबाट आइसमा चिप्ल“दै झर्ने र्‍याप्लिङ गर्दा आफूलाई निकै डर लागेको निशाले बताइन् । मुस्ताङ माउन्टेनरिङले आफूलाई सगरमाथा चढ्न हौस्याएको उनी बताउ“छिन् । 'अब सगरमाथा चढ्न सक्छु भन्नेमा ढुक्क छु,' उनी भन्छिन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box