Share |

'हाइवे' हंगामा

काठमाडौं । अहिले प्रदशन भईरहेको चलचित्र 'हाइवे'लाई एकथरीले अति राम्रो भनेर प्रचार गरिदिए भने अर्काथरीले झुर माने । जसले गर्दा फिल्म हेर्न खुट्टा उचालेर बसेकाहरु अन्यौलमा छन् ।
मूलधारका दुइ ठूला ब्रोडसिट दैनिकमध्ये एउटाले असाध्यै राम्रो भनेर समीक्षा छाप्यो भने त्यसको भोलिपल्ट अर्को दैनिकले निकै आलोचनात्मक समीक्षा गर्‍यो । नागरिक दैनिकले फिल्मले सा“घुरो सडकलाई फराकिलो पारेको भन्दै प्रशंसा गरेको छ भने कान्तिपुर दैनिकले 'हाइवे'मा थुप्रै खाल्डाखुल्डी भेटिएको भन्दै दुर्घटना उन्मुख भनी लेखेको छ ।

चर्चित ब्लग माइसन्सारमा फिल्मको निकै आलोचना गरिएको दृष्टिकोण छापियो । ब्लगमा फिल्म निर्देशकले दर्शकको अपहेलना गरेको भन्दै आलोचना गरेको छ । केही समयअघि मात्रै 'हाइवे'का निर्देशक दीपक रौनियारले फिल्म बुझ्न दर्शकले पैसास“गै दिमाग खर्चनुपर्ने अभिव्यक्ति दिएका थिए ।

माइसन्सार ब्लगको प्रतिक्रियामा समेत नकारात्मक लेख्ने अडियन्सको बाहुल्य छ । फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालमा समेत 'हाइवे'ले दर्शकको इज्जत नगरेको प्रतिक्रिया पढ्न पाइन्छ । धेरैले 'हाइवे' लाई हावा खुस्किएको गाडीको प्रतिक्रिया दिन थालेका छन् ।


प्रतिक्रिया (१)

prakash khadka भन्नुहुन्छ:

chya yesto pani movie banaune ho????malai ta kya jhur po lagyo..highway ko name ma beijat....

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box