Share |

जीवनदेखि वाक्क थिए: ज्ञानेन्द्र

काठमाडौं । विष सेवन गरेर आत्माहत्याको प्रयास गरेका फिल्म निर्देशक ज्ञानेन्द्र देउजाले आफू केही दिनदेखि जीन्दगीबाट वाक्क दिक्क बनेको बताएका छन् । अस्पतालमा उपचार गर्राईरहेका उनले प्रहरीलाई प्रारम्भिक बयान दिंदै यसो भनेका हुन् ।

तर किन वाक्कदिक्क लागेको भन्ने कारणाबारे भने उनले केही नबताएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरिक्षक दामोदर दवाडीले बताए । 'केही दिनदेखि जीन्दगीदेखि निकै दिक्क लागिरहेको थियो,' प्रहरीसमक्ष उनले भनेका छन्, 'मर्न मन लागेर विष खाएको हु“ ।'

ठूलै चोट परेर देउजाले आफैंनै जीवन सिध्याउन खोजेको देखिएपनि यसको कारण भने प्रहरीले समेत खुट्याउन सकेको छैन । उपचारकै क्रममा भएकोले थप सोधपुछ नगरिएको दुवाडीले बताए । तर विष भने आफैं खाएको प्रहरीले बताएको छ ।

क्यासिनोमा सम्पति सकेर यस्तो गरेको भन्ने विषयलाई भने देउजाले अस्विकार गर्दै चित्त दुखाएको प्रहरीले बताएको छ । 'मिडियामा त्यस्तो आएछ, यसप्रति मेरो चित्त दुखेको छ,' उनले प्रहरीस“ग भनेका छन् ।

कसैलाई दोष नदिएकोले र उपचारकै क्रममा भएकोले प्रहरीले देउजाका आफन्तलाई समेत सोधपुछ गरेको छैन । देउजा अस्पतालबाट निस्किएपछि थप अनुसन्धान गरिने प्रहरीले बताएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box