झरीमा प्रमोद र भावना रुझेपछि...
यो यही दृश्य हो, जुन केही समयअघि मात्रै भृकुटीमण्डपमा कृत्रिम झरी पारेर खिचिएको थियो । प्रमोद र भावनाको जोडी यही सिनेमाबाट रजतपटमा डेब्यु गर्दैछ । प्रमोद पटकथा लेखक प्रदीप भारद्धाजका भाइ हुन् भने भावना यही सिनेमा समेत निर्देशन गरेका शिव रेग्मीकी छोरी ।
केशव भट्टराईले निर्माण गरेको ‘सो सिम्पल’को पटकथा प्रदीपले लेखेका हुन् । यसमा लिड रोलसहित अधिकांश नयाँ कलाकार देख्न सकिनेछ । स्वेता भट्टराई, विनोद भट्टराई, सुशील पोखरेल, रश्मी भट्ट सबै नयाँ अनुहार नै हुन्, नेपाली सिने जगत्मा ।





unique khadka भन्नुहुन्छ:
iene haru dubai lai best of luck 4 their future.