पानीको थोपा छातीमा झर्दा गीत रचिन् रेखाले
अनि यो घटनाले उनलाई गीतकार पो बनाइदिएछ । त्यसलगत्तै घर फर्किएर रेखाले एउटा सुन्दर गीत नै रचिन्, 'पानी पनि कस्तो बैमानी छ झरिदिन्छ कहाँ कहाँ, कहिले मनको मीत बनेर, कहिले मीठो प्रीत बनेर ।'
रेखाले यो गीत अब बन्ने आफ्नो सिनेमामा समेत राख्ने योजना बनाएकी छिन् । संभवतः आफैंले यो गीतमा स्वर दिने समेत उनले बताइन् । आफू गीतकार नभएपनि कहिलेकाहीं परिस्थितिले जन्माएको भावलाई गीतमा उतार्ने गरेको रेखाको भनाइ छ । उनले यसरी केही थान गीत लेखेकी छिन् ।
आफूलाई झरी पर्दा रमाइलो लाग्ने हुँदा गीत जन्मिएको उनी बताउँछिन् । लगातार फिल्मको सुटिङ हँदाका दिनबाहेक उनलाई पानी पर्दा कहिल्यै बोर लागेन । कतिसम्म भने उनले एकपटक साथीभाइसँग घरको छतमा भेला भएर पानीमा भिजेर रमाइलो गरेकी थिइन् । 'साथी भए अहिले पनि म रुझ्न मन लाग्छ,' रेखाले थपिन् ।




