'केटुटी' बनाउँदै आकाश
'केटुटी'को फूल र्फम आकाशले बताउन चाहेनन् । तर यो चलचित्रमा काठमाडौंको परिवेशलाई आधार मानिएको उनको भनाइ छ । भदौको पहिलो सातादेखि फिल्मको छायांकन शुरु गरिने उनले जानकारी दिए । यो सिनेमाले समेत समाजमा घटिसकेका र घट्नसक्ने घटनाक्रमलाई पर्दामा उतार्ने उनको दाबी छ । 'मैले यसलाई पनि सामाजिक घटनाक्रमको अध्ययन गरेर यथार्थपरक बनाउने कोशिश गरिरहेको छु,' उनले भने ।
काठमाडौं र विदेशका केही भागमा सिनेमाको सुटिङ गरिने छ । आकाश आफैंले फिल्मको पटकथा तयार गरेका हुन् । सिनेमाका लागि कलाकारको छनौट भने भएको छैन । आकाश आफैंले पनि सिनेमाम अभिनय गर्नेछन् ।




