मनाङ-मुस्ताङका पहाड चढ्दै निशा
उनी त्यहाँ 'बेसिक माउन्टेनरिङ' कोर्षको अभ्यासका लागि पुगेकी हुन् । 'माउन्टेनरिङ गर्ने मेरो धेरै अघिदेखिको हब्बी हो,' उनले मनाङबाट फोनमा भनिन्, 'मलाई यस्ता कुराले निकै आनन्द दिन्छ ।'
कतिपयले नायिका निशाले सगरमाथा चढ्ने तयारी गरिरहेको अनुमान लगाएपनि उनले त्यसलाई अस्विकार गरिन् । 'त्यो बिल्कुलै गलत कुरा हो,' निशाले भनिन्, 'तत्काल त्यस्तो कुनै योजना छैन ।' तर भविष्यमा के हुन्छ अहिल्यै भन्न नसकिने बताउँदै उनले कुनै समय सगरमाथा चढ्न सक्ने संकेत भने गरिन् ।
उनी मनाङ-मुस्ताङ क्षेत्रबाट २५ तारिख काठमाडौं र्फकंनेछिन् । उनी अभिनित सिनेमा 'मायाज बार' प्रदर्शनको तयारीमा छ । निशाले आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।




