के छ सवीरको 'रेडवाइन' भित्र ?
जसरी रेडवाइनलाई धेरैले पि्रय पेयपदार्थ मान्छन्, त्यसैगरी उनको सिनेमालाई मन पराउने आधार रहला वा नरहला ? 'अन्य थ्रीलर शैलीका सिनेमाभन्दा फरक गर्ने कोशिश गरेको छ,' उनको भनाइ छ, 'रेडवाइन साँच्चै रेडवाइनकै स्वादमा हुने छ ।'
अहिले उनी 'हमेशा' सिनेमामा व्यस्त भएकोले तिहारपछि मात्रै यसको छायांकन गरिने सवीरले फिल्म नेपाललाई जानकारी दिए । उनको यो छैटौं फिल्म हो । गायक एसकुमारको जीवनीमा आधारित चलचित्र 'आदिबाटो'को काम समेत गर्दैछन्, उनी ।
फिल्मको चार वटा गीतको रेकर्डिङ भने शुरु भएको छ, १८ असारदेखि । दिनेश सुनामले संगीत निर्देशन गरेको फिल्मका लागि प्रमोद ढुंगाना र किरण खरेलले गीत कोरेका छन् ।




