Share |

आयो ‘मुनामदन’

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कृति मुनामदनमा आधारित सिनेमा ‘मुनामदन’को १२ जेठमा प्रिमियर शो देखाइएको छ । ज्ञानेन्द्र देउजाको निर्देशित यो फिल्म निर्माण भएको एक दशकपछि १५ जेठबाट काठमाडौंका एकदर्जन हलबाट प्रदर्शनमा आउँदैछ ।

चरम गरिबीको विक्षिप्त रुप हेर्न सकिन्छ, मुनामदनमा । थाप्लोमा साहुको ऋणले किच्दै गएपछि भोट भासिएको मदनले फर्किंदा सेतै कपाल फुलेकी बूढीआमा र प्यारी मुना दुवैलाई गुमाएको दृश्य निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । धनको पछि लाग्दा प्रेम कसरी दुर्घटनामा पर्छ भन्ने ‘मुनामदन’ले पस्किएको निर्माता नवराज ढकालले बताए ।

ओस्कार अवार्डको दोस्रो चरणसम्म छनौट भएको यो सिनेमामा मदनको भूमिका दीपक त्रिपाठीले गरेका छन् भने उषा पौडेल मुना भएर प्रस्तुत भएकी छिन् । नीर शाह, शुभद्रा अधिकारी, मिथिला शर्मा, शिवहरि पौडेल लगायलाई ‘मुनामदन’को पर्दामा हेर्न सकिने छ । शिवहरिले फिल्मको बीचबीचम हँस्यौली चट्नी दिएका छन् ।






तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box