छोरोकी आमा बनिन् ऋचा
तीन वर्षअघि सिनेमा निर्देशक शंकर घिमिरेसँग विवाह भएको थियो, ऋचाको । शंकरले विवाहपछिको सबैभन्दा ठूलो खुशीको क्षण भन्दै फेसबुकमा छोरो बाकेर ऋचासँगको फोटो अपलोड गरेका छन् ।
शल्यक्रिया भएपनि बच्चाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । बच्चाको तौल तीन किलो सात ग्राम रहेको छ । नेपाली रजतपटमा अब अर्की नायिका सचिञ्ता लुइटेलको पालो छ, सुत्केरी बन्ने । सञ्चिताले गएको वर्षसमेत बच्चा पाएकी थिइन् ।




