Share |

आयो दुई फिल्मको पोष्टर

काठमाडौं । प्रचण्डमान श्रेष्ठ निर्देशित सिनेमा ‘भिजा गर्ल’ र प्रशान्त रसाइलीले निर्देशन गरेको ‘कथा’को फस्ट लुक छुट्टाछुट्टै सार्वजनिक भएको छ । ‘भिजा गर्ल’ को फस्ट लुक्स र अडियो एक कार्यक्रम गरी यसमा अभिनय गर्ने कलाकारले एकसाथ सार्वजनिक गरे भने ‘कथा’ भने फेसबुकमार्फत सार्वजनिक गरिएको हो ।
‘भिजा गर्ल’मा अमेरिका पुग्ने सपना बोकेका आधुनिक युवतीहरुको कथा चित्रण गरिएको छ ।

यसमा रिमा विश्वकर्मा, ऋचा शर्मा, कर्म, रेमनदास श्रेष्ठ, विनय श्रेष्ठले अभिनय गरेका छन् । सिनेमामा पाँच गीत छन् ।

त्यसैगरी ‘कथा’ दुई हप्तामै सुटिङ सकाएर प्याकअप गरिएको सिनेमा हो । यसअघि आर्ट फिल्म ‘आचार्य’ निर्देशन गरेका रसाइलीले ‘कथा’मा अलग प्रस्तुति दिएको बताएका छन् । सौगात मल्ल, तिमोथी राई, उषा रजकको अभिनय रहेको यो चलचित्रमा नायक मल्ललाई दर्शकले फरक गेटअपमा देख्न पाउँने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box