'ट्रुथ एण्ड देअर'मा साइन्ग गरिन् बिनिताले
आफूले 'ट्रुथ एण्ड देअर' सिनेमा खेल्न सम्झौता गरेको फिल्म नेपालसँग बिनिताले बताइन् । यसबारे विस्तृत विवरण दिन भने उनले मानिनन् । सिनेम थि्रलर शैलीको हुने छ । सुटिङ समेत चाँडै थालिने तय भएको उनले जानकारी दिइन् । फिल्मका अन्य सबै कलाकार नयाँ रहने छन् ।
बिनिता दिनेश खड्काको सिनेमामा समेत अनुबन्धित भईसकेकी छिन् । तर नाम फाइनल नहुँदा फिल्मको सुटिङ नै सारिएको छ । आफ्नाो चौथो फिल्मको नाम समेत फेरबदल हुनसक्ने उनले बताएकी छिन् ।
यसैगरी नायिका बराल एउटा लफडामा फसेकी छिन् । 'चपली हाइट'मा सँगै काम गरेका राज घिमिरेले आफूलाई नक्कली फेसबुक आइडी बनाएर दिक्पाल कार्कीले अश्लील कमेन्ट लेखेको भन्दै प्रहरीमा उजुरी दिएपछि बिनिता समेत तानिएकी हुन् । मोडल दिक्पाल आफ्नो भाइ भएको र निर्दोष छ भन्दै बिनिता महानगरीय प्रहरी परिसर ललितपुर पुगेकी हुन् । प्रहरीलाई बयान दिएपछि उनी बाहिरिसकेकी छन् ।
राज र बिनिताबीच 'चपली हाइट'को सुटिङदेखि नै बोलचाल बन्द थियो । 'नबोलीकनै काम गरेका हौं,' बिनिताले भनिन्, 'मलाई उसको प्रोफेश्नल बानी मन परेन र बोल्नै छोडिदिएँ ।' त्यही रिस राजले पोखेको आरोप बिनिताको छ । 'आफूलाई फिल्ममा भ्याइनभ्याई छ कहाँ लफडामा फसियो,' उनले भनिन् । प्रहरीले दिक्पाललाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको छ ।




