परोपकारतिर झरना
सामाजिक उपेक्षामा परेका व्यक्तिलाई मान्नामले विश्वका विभिन्न देशमा सहयोग पुर्याउने गर्छ । चाँडै नेपालमा समेत यसको कार्यालय खोलेर काम थालिने संस्थाले जनाएको छ । आफू अभिनित फिल्म ‘फेसबुक’को प्रबद्र्धनका लागि दक्षिण कोरिया पुगेकी झरनालाई मान्माकी अध्यक्ष किम नाम हीले सद्ध्भावना दूतको प्रमाणपत्र दिएकी छिन् । नेपालजस्तो देशका लागि मान्नामको सहयोगले धेरै राम्रो काम गर्न सकिने थापाले बताइन् ।




