मार्यो 'म्यारी मी'ले
बिनिताले केही दिनअघि आफ्नो दोस्रो फिल्मको इन्डक्ल्यापमा तेस्रो फिल्म 'म्यारी मी' हुने बताएकी थिइन् । पछिल्लो समय बनेका फिल्ममा यौन र छाडापनको प्रयोग बढ्न थालेकोले फिल्मको नामैले दर्शक भडि्कने हुन् कि भन्ने चिन्ताले नाम परिवर्तन गर्न बाध्य भएको दिनेशको भनाइ छ ।
नाममात्रै होइन फिल्मको स्त्रिmप्ट समेत परिमार्जन गरिने खड्काले बताए । मध्यान्तरपछिको दृश्यलाई परिमार्जन गरिन लागिएको हो । स्त्रिmप्ट सामीप्य तिमल्सिनाले लेखेका हुन् । 'राम्रो बनाउने भन्दाभन्दै निकै कुरा चेन्ज भईसक्यो,' खड्काले भने । शुरुमा ३० लाख बजेटमा निर्माण हुने अड्कलसाथ काम थालेपनि अहिले बजेट समेत बढेर झण्डै ६० लाख पुगेको छ ।
यो सिनेमाको छायांकन अनिश्चित भएपछि बिनिता भने अर्को फिल्ममा साइन्ग गर्ने तरखरमा छिन् । 'खाली बस्ने कुरा भएन,' उनले भनिन्, 'अर्को फिल्म निकै पछाडि मात्रै सुटिङमा जाने भएकोले बीचमा कुनै एउटा फिल्म खेल्ने सोच बनाएकी छु,' उनले भनिन् ।




