पोष्ट प्रोडक्सनमा 'माई ब्रदर'
को बन्छ कलाकारका विजेता दिपक पाण्डे यही सिनेमाबाट फिल्मी क्षेत्रमा पाइला हाल्दैछन् । फिल्ममा सुमीना घिमिरे, रमेश बुढाथोकी, विमला गिरी, अन्जु थापा र जीवन लुईटेलले अभिनय गरेका छन् ।
फिल्मले हरेक बुवा आमालाई आफ्नो छोराछोरीको भविष्यप्रति बढी उत्तरदायी बन्न प्रेरणा दिने निर्माण पक्षको दाबी छ । चलचित्रको पटकथा लेखन तथा निर्देशन विष्णु भट्टराईको रहेको छ ।




