Share |

सुपर मोडल प्रियंका

काठमाडौं । अमेरिकामा फिल्म मेकिङ कोर्ष पढेर भर्खरै नेपाल फर्किएकी पूर्व मिस टिन प्रियंका कार्कीलाई अब चाँडै नै र्याम्प मोडलिङमा उत्रिएको देख्न पाइने भएको छ । अमेरिकामा ग्रीन कार्ड होल्डर उनी सुपर मोडल बनेर र्याम्पमा उत्रदैछिन् । निर्देशक सुरेशदर्पण पोखरेलले प्रियंकलाई 'थ्री लभर्स' सिनेमामा सुपर मोडलको भूमिकामा देखाउन र्याम्पमा हि‌डाउन लागेका हुन् ।

डायस्पोरामा जुन महिनादेखि प्रिमियर शो हुने यो फिल्म दशैंताका नेपाली दर्शकले हेर्न पाउने अड्कल पोखरेलको छ । यो फिल्मबाट प्रियंका र देबु श्रेष्ठले रजतपटमा डेब्यु गर्दैछन् । प्रियंका, देबु र निरज बरालको प्रेमबारेको धारणा फिल्ममा हेर्न पाइने छ ।

सुपर मोडल प्रियंकाले साँचो प्रेमको प्रतिनिधित्व गर्नेछिन् भने देबु भने एककोहोरो मायामा पागल हुनेछ । निरज भने मायाप्रेमलाई युज एण्ड थ्रो बाहेक केही पनि ठान्दैन । प्रेमलाई हेर्ने तीन पात्रको द्धन्द्धमा सिनेमा अगाडि बढेको छ । 'यी तीनै पात्रको चरित्र अहिलेको नेपाली समाजको यथार्थ हो,' पोखरेलले भने, 'त्यही कुरालाई मैले फिल्ममा रोचक ढंगले प्रस्तुत गर्न खोजेको छु ।'

यसअघिको आफू निर्देशित फिल्म 'मिस यु'मा जस्तै पोखरेलले 'थ्री लभर्स'लाई समेत पहिले विदेशमा प्रिमियर शो गर्ने नीति बनाएका छन् । गैरआवाशीय नेपाली (एनआरएन)को लगानी रहेकोले समेत फिल्म विदेशमा धेरैले मन पराउने अपेक्षा गरिएको छ । नेपालीहरु बढी रहेको बेल्जियम, अस्ट्रेलिया, युके, कतार, इजरायल, मलेशिया, अमेरिका, कतारमा फिल्मको प्रिमियर गरिने छ । सिनेमाको फस्ट लुक र गीत मंगलबार नै रिलिज गरिएको छ ।




तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box