पहिलो थ्रीडी 'भिजिलान्ते'
थ्रीडी प्रविधिका लागि उनले सफ्ट्वेयर र क्यामेरा लगायतका सामानमा मात्रै करिब २० लाख खर्चिने भएका छन् । त्यसबाहेक सात लाख पोष्ट प्रोडक्सनमा लाग्ने उनले जानकारी दिए । सामान मगाएको र आउनसाथ छायांकन गरिने उनको भनाइ छ ।
सहरमा देखिएको समस्यालाई भिजिलान्तेले चित्रण गर्ने खनालले बताएका छन् । 'सहरले अहिले जे समस्या भोगिरहेछ, त्यही देखाइनेछ,' पछिल्लो फिल्मबारे उनले भने 'भिजिलान्ते'मा सुवास थापा, राज घिमिरे, हषिर्का श्रेष्ठले अभिनय गर्ने पक्कापक्की भईसकेको छ भने एकजना महिला कलाकारको टुंगो भने लागिसकेको छैन । खनालले भिजिलान्तेमा एक करोड रुपियाँभन्दा कम खर्चमै यो फिल्म बनाउने बताएका छन् ।
चलचित्रले दर्शकलाई फरक स्वाद पस्किने उनको आशा छ । तर नेपालका सबै सिनेमा हलमा थ्रडी प्रविधि नभएकोले उपत्यकाको क्यूएफएक्स र मल्टिप्लेक्स बाहेकका हलमा भने कसरी फिल्म चलाउने भन्नेमा भने समस्या परेको उनले बताए । 'यो आफैं मिलाउने वा हलवालाले भन्ने टुंगो लागेको छैन,' उनले भने ।




