हल पुगेका दर्शकलाई लाठीचार्ज
२९ वैशाखदेखि राजधानी काठमाडौंका २० हलमा चलिरहेको यो सिनेमाले दर्शकलाई तानिरहेको छ । सोमबारदेखि बन्द हुने हल्लाका कारण शनिबार दिउँसो 'सायद' हेर्ने दर्शकको संख्या हृवात्तै बढ्दा भीड नियन्त्रण गर्न प्रहरीको सहयोग लिनुपरेको हो ।
रिलिजकै दिन नेपाल बन्द भएपनि यो सिनेमाले व्यापार भने राम्रो शुरुवात गरेको छ । हालसम्म उपत्यकाबाट १७ लाख रुपियाँ संकलन गरिसकेको छ । बन्दकै कारण मोफसलको रिलिज भने स्थगित भएको छ ।
लागूऔषध दुव्र्यसनीका कारण कलेज पुस्ता कसरी बर्बाद भईरहेको छ र त्यसमा अभिभाकको हेलचक्र्याइँले झनै भयान अवस्था आएको फिल्ममा चित्रण गरिएको छ । सुरज सुब्बा निर्देशित चलचित्रमा विल्सनविक्रम राई, सुनील रावल, संयम पुरी, झरना थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
सुब्बाले यसअघि निर्देशन गरेका तीनवटै फिल्मले राम्रो व्यापार गर्न नसकेपनि चौथो फिल्म 'सायद'ले भने सुखद सन्देश दिन सफल भएको छ ।




