Share |

युनाले पनि लगन कसिन्

काठमाडौं । केही महिनाअघि अमेरिका पुगेकी नायिका युना उप्रेतीले उतै अध्ययनरत काठमाडौंका विकास अधिकारीसँग लगन कसेकी छिन् । १७ वैशाखमा उनले मन्दिरमा गएर नेपाली परम्परा अनुसार विहे गरेकी हुन् । युनाले अर्की नायिका माल्भिका सुब्बाले विहे गरेको चार दिनमै विहे गरेकी हुन् ।

'पर्खि बसें' सिनेमाबाट नेपाली रजतपटमा ओर्लिएकी युनाले लामो समय निर्देशक मनोज श्रेष्ठकै फिल्ममा काम गरेकी थिइन् । निर्देशक श्रेष्ठसँग युनालाई जोडेर हेर्ने समेत गरिएको थियो त्यतिबेला सिेन क्षेत्रमा ।

डेब्यु हुनसाथै लगातार फिल्म खेलेपनि उनलाई स्थापित हुन भने गार्‍हो परेको थियो । पछिल्लोपटक भने उनले फिल्म समेत पाउन छोडिसकेकी थिइन् । उनका पति विकास अमेरिकाको डल्लासमा बसेर जीव विज्ञानमा पीएचडी गरिरहेका छन् । युनाले करिब एक दर्जन फिल्ममा अभिनय गरेकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box