भ्यालेनटाइनका चार सिनेमा, कसले बाजी मार्ला ?
विश्वव्यापी यो ट्रेन्डलाई पछ्याउँदै नेपालमा लभस्टोरीमै आधारित तीनवटा चलचित्र प्रतिस्पर्धामा होमिएका हुन् । 'आइएम सरी'मा ट्याक्सी ड्राइभर र धनाढ्य परिवारकी युवतीबीचको प्रेमसम्बन्धलाई देखाइएको छ भने 'मिस यु' मा तीनजना साथीबीचको सम्बन्धलाई उनिएको छ । त्यस्तै 'मायाको बारीमा'मा केटा र केटी दुवै पक्षको पारिवारिक विरोधका बाबजुद उनीहरुको प्रेम सम्बन्ध कस्तो बाटो हुँदै अघि बढ्छ भन्ने कुरा हेर्न सकिन्छ । 'मजबुर' लभस्टोरीसँगै एक्सनप्रधान चलचित्र हो ।
यी चारवटै चलचित्रले आफू सफल हुने दाबी गरेका छन् । मैदानमा एक हप्ताअघि देखि नै उत्रिएको 'आइएम सरी'प्रति दर्शक, समीक्षकको मिश्रति प्रतिक्रिया आएको छ । 'आइएम सरी'का निर्देशक दिनेश रावतले चलचित्रभर दर्शकको मन नबरालिने दाबी गरेपनि प्रचारगरे जस्तो छैन ।
'मिस यु' ले गीतपछि केही संवाद, नायकनायिका जंगलमा पुग्ने अनि विकराल फाइट पर्नेजस्ता चलचित्रमा सुत्रजस्तै बनेको ट्रेन्डलाई हटाएर नयाँपन दिन खोजिएको दाबी गरेको छ । निर्देशक सुरेशदर्पण पोखरेलका अनुसार चलचित्र लयमा बग्नु यसको अर्को सबल पाटो हो ।
दयारम दाहालले निर्देशन गरेको 'मायाको बारीमा' अहिलेका युवा पुस्ताको प्रेमसम्बन्धको प्रतिबिम्ब देख्न पाइने बताइएको छ । भ्यालेन्टाइनको अवसर पारेर सिने मैदानमा उत्रिएका यी चलचित्रमध्ये कसले बाजी मार्ने हो त्यो हेर्न भने केही समय कुर्नुपर्ने छ ।




