'छड्के'मा नम्रता
सहरका डनहरुको क्रियाकलापमा आधारित चलचित्र 'छड्के'मा नम्रताले मुख्य भूमिकामा अभिनय गर्नेछिन् । सेक्स स्क्यान्डल सार्वजनिक भएपछि लामो समय चलचित्र क्षेत्रबाहिर हुत्तिएकी नम्रता अहिले भने आफूलाई चल्तीका नायिका मध्येमा उभ्याउन सफल भएकी छिन् । उनको यो चौथो चलचित्र हो ।
प्रदर्शित भइसकेका नम्रता अभिनित चलचित्र 'मेरो एउटा साथी छ' र 'सानो संसार'ले राम्रै चर्चा आर्जेको थियो भने केही समयपछि नै सार्वजनिक हुने 'मिस यु'को 'टिप्पणी' आशालाग्दो नै छ । क्रमशः उकालो लागिरहेको उनको करियरले फड्को मार्छ कि छड्के लाग्छ चलचित्र प्रदर्शनी भएपछि मात्रै थाहा हुने छ ।





sakar bhusal भन्नुहुन्छ:
like