Share |

अस्पतालबाट घरै फिरिन् सञ्चिता

काठमाडौं । २४ साउनमा अचानक अस्पताल भर्ना भएकी नायिका सञ्चिता लुइटेल पुनः अहिले घरमै आराम गरिरहेकी छिन् । डेलिभरीको लागि डेट पूरा नभएकोले सञ्चिता त्यही दिन घरै फिरेकी हुन् । उनी राजधानीको थापथलीस्थित प्रसूति गृहमा भर्ना भएकी थिइन् । 'तर डेट पुगेको छैन, यहीं बसेपनि हुन्छ घरमै गए पनि हुन्छ भनेपछि सञ्चिता घरमै आराम गरिरहेकी छिन्,' सञ्चिताकी साथी नायिका अरुणिमा लम्सालले भनिन् ।

उनलाई एक हप्तापछि बोलाइएको पनि लम्सालले बताइन् । सञ्चिताको अब दोस्रो सन्तान जन्ंिमदै छ । सुत्केरी भएको तीन महिनामै सञ्चिता गर्भवति बनेकी थिइन्, जसको बारेमा फिल्मी क्षेत्रमा थुप्रै गसिप समेत बनेका थिए । समाजको आदर्श पात्र बन्नुपर्ने नायिकाजस्तो मान्छेले ख्यालै नगरी गर्भवती बनेकोमा धेरै चकित समेत बनेका थिए । उनले अपर्झट गर्भ रहेको बताएकी थिइन् ।

उनको पहिलो सन्तान छोरो जन्मिएको थियो । सञ्चिताका श्रीमान नायक निखिल उप्रेती अर्की पत्नीसहित मुम्बइमा छन् । छोरो जन्मिदा काठमाडौं आएका निखिल सञ्चिता अस्पताल भर्ना हुँदासमेत यता ओर्लिएनन् ।

प्रतिक्रिया (२)

sanam chaudhary भन्नुहुन्छ:

kati bachha paune ho sanchita jee. Aba ta kehi hos garam hai.

Rabindra Sharma भन्नुहुन्छ:

Thikai Bhayo poila aaune lai

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box