एक करोडको कलाकर्मी कल्याणकारी कोष
यो रकम चार पाँच महिनापछि १० करोडभन्दा बढी पुर्याउन सहयोग गर्ने वचन समेत दिएका छन्, प्रधानमन्त्री भट्टराईले । यो कोषबाट सिनेमा, साहित्य, संगीत क्षेत्रका कलाकारलाई आवश्यकता निर्धारण गरेर दिइने छ । आर्थिक अभावका कारण गम्भीर रोगले थलिंदा समेत कलाकारले ओछ्यानमै थलिनुपर्ने अवस्था छ । कोष स्थापनापछि यस्तो अवस्थामा उनीहरुलाई राहत हुने छ ।
चलचित्र निर्माता तथा निर्देशक अशोक शर्माको नेतृत्वमा गएको टोलीसँग सिनेमालाई सेवामूलक उद्योगबाट उत्पादनमूलक उद्योगको मान्यता दिनुपर्ने, पाइरेसीे समस्या रोक्न तत्काल पहल गर्नुपर्ने लगायतका विषयमा समेत छलफल भएको थियो ।
नीर शाह, वसुन्धारा भुसाल, भुवन चन्द, यादव खरेल, किरण केसी, दीपकराज गिरी, शिवहरि पौडेल, राजकुमार राई लगातका व्यक्ति प्रधानमन्त्रीलाई भेट्न गएका थिए । भेटपछि शर्माले प्रधानमन्त्रीले कलाकर्मीका समस्या समाधानलाई सकारात्मक लिएको भन्दै आफू उत्साहित भएको प्रतिक्रिया दिए ।




